काठमाडौं मदिरा संघ
हाम्रो बारे
नेपालको राजधानीमा मदिरा व्यवसायको आवाज बन्ने उद्देश्यले स्थापित, काठमाडौँ मदिरा व्यवसायी संघ (LAK) उपत्यकाभरका व्यापारी, वितरक र खुद्रा विक्रेताहरूका लागि एक बलियो खम्बाको रूपमा खडा छ। बारम्बार परिवर्तन भइरहने नियमहरू, अन्तःशुल्कका उतार-चढाव र बजारका चुनौतीहरूको सामना गर्न, व्यवसायीहरूलाई एकै छानामुनि गोलबद्ध गर्ने आवश्यकताबाट हाम्रो संघको जन्म भएको हो।
अध्यक्षबाट सन्देश
आजको बदलिँदो डिजिटल युगमा कुनै पनि संस्था वा व्यवसायले प्रविधिसँग कदम मिलाएर अघि नबढे प्रतिस्पर्धा र सेवा वितरणमा पछि पर्न सक्छ। त्यसै दृष्टिले, मदिरा व्यवसाय संघ काठमाडौंले परम्परागत रूपमा सञ्चालित गतिविधिहरूलाई अब डिजिटल माध्यमबाट सुदृढ र पारदर्शी बनाउन लागेको छ। हाम्रो उद्देश्य सदस्य व्यवसायीबीच सूचना आदानप्रदानलाई सहज बनाउनु, सदस्यता वितरण र नवीकरण प्रक्रियालाई व्यवस्थित र छरितो गर्नु, तथा देशभरका मदिरा उद्योगबाट उत्पादित मदिरा जन्य वस्तुको प्रचार–प्रसारलाई आधुनिक प्रविधिको माध्यमबाट व्यापक बनाउनु हो। यसका लागि हामीले तयार पारेको डिजिटल एप्सले संघका सदस्यहरू, उद्योगी व्यवसायी र सरोकारवालाबीच प्रत्यक्ष सम्पर्कको पुलको काम गर्नेछ। यसले सदस्यता अभिलेख, व्यवसाय अनुमति, बजार जानकारी, र उत्पादन विवरण सबैलाई एकै स्थानमा उपलब्ध गराउनेछ !!! मदिरा उद्योग नेपालकै एक महत्वपूर्ण राजस्व स्रोत हो। त्यसको विकास र जिम्मेवार व्यापार संस्कृतिको प्रवर्द्धन हाम्रो साझा दायित्व हो। हामी नयाँ प्रविधि र पारदर्शी प्रणालीमार्फत यस क्षेत्रमा अझ सुदृढ संरचना निर्माण गर्न दृढप्रतिज्ञ छौं
रुप तामाङ
नवीनतम समाचार
प्रेस विज्ञप्ति
डाउनलोडहरू
सक्रिय सदस्य
सेवा पुगेका वडा
नीति पहलहरू